Premier Cables
Premier Steel

राष्ट्रिय

नेपालबाट बाहिरियो भारी वर्षा गराउने न्यून चापीय प्रणाली, नदीहरूको जलस्तर घट्दै

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | साँझ ६:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालमा भारी वर्षा गराएको न्यून चापीय मौसम प्रणाली देशबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

विभागका अनुसार, उक्त प्रणाली बाहिरिएसँगै मनसुन कमजोर भएको छ र मौसममा सुधार आएको छ। यद्यपि, मनसुन पूर्ण रूपमा बहिर्गमन भइनसकेकाले विभागले मौसम र बाढीको सम्भावित अवस्थामाथि निरन्तर निगरानी गरिरहेको छ।

बिज्ञापन

बाढीका कारण वाग्मती, त्रिशूली, पूर्वी राप्ती, लालवकैया, कमला लगायतका प्रमुख नदीहरूको जलसतहले सतर्कता तह पार गरेकोमा हाल घट्दो क्रममा रहेको विभागले जनाएको छ।

असोज १९ गते सप्तकोसी नदीले खतराको तह पार गरेको थियो भने यसका सहायक नदीहरू तमोर, सुनकोसी र अरुणमा पनि जलस्तर खतराको तहमा पुगेर अहिले घटिरहेको छ।

त्यसैगरी, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायत चुरे र महाभारत क्षेत्रबाट उद्गम हुने नदीहरूमा समेत जलस्तर खतराको तह पार गरी हाल घट्दो क्रममा रहेको विभागले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa