Premier Cables
Premier Steel

कोशी प्रदेश

सप्तकोशी नदीमा सबै किसिमका मोटर बोट र डुंगा चलाउन रोक

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज १८, २०८२  | राती ९:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १७ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

सोहीअनुसार सुनसरी जिल्लामा समेत नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने र बाढीको जोखिम उच्च हुने भएकाले जिल्ला प्रशासन कार्यालय, सुनसरीले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

बिज्ञापन

कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा सम्भावित विपद्‌का अवस्थालाई मध्यनजर गर्दै यस अवधिमा जिल्लाबाट सञ्चालन हुने सवारी साधन तथा यात्रु बहाक सवारी साधनहरू असोज १७ गतेदेखि २० गतेसम्म सञ्चालन नगर्न भनिएको छ ।

विपद्को सम्भावना भएको स्थानहरूतर्फ अत्यावश्यक नभएसम्म यात्रा नगर्न र सकेसम्म घरमै बस्न,
नदी तथा खोलानाला आसपास उच्च जोखिममा रहेका स्थानहरूमा विशेष सतर्कता अपनाउन, सप्तकोशी नदीमा सबै किसिमका मोटर बोट र ढुंगा चलाउन रोक लगाइएको छ ।

सहकारी नदीहरूमा मोटरसाइकल तथा पैदलयात्रा नगर्न,
जोखिमयुक्त स्थानमा तुरुन्तै परिचालन हुन सक्ने गरी सम्बन्धित निकायहरूले आवश्यक सामग्री तयार अवस्थामा राख्न निर्देशन दिइएको छ ।

स्थानीय विपद्‌ व्यवस्थापन समिति तथा सरोकारवाला संघसंस्थाहरूसँग निरन्तर सम्पर्कमा रही सतर्क रहन अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै नागरिकहरूलाई सम्भावित प्राकृतिक विपद्‌को जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

सूचना प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka