Premier Cables
Premier Steel

समाचार

सबैले बुझ्ने गरी ‘प्रेस्क्रिप्सन’ लेख्न डाक्टरहरूलाई अदालतको आदेश

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १७, २०८२  | अपराह्न १:३२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भारतका दुई उच्च अदालतले धेरै चिकित्सकले बिरामीलाई लेखेर दिने प्रेस्क्रिप्सनका अध्यक्ष नबुझिने गुनासाहरूको सम्बोधन गर्दै सबैले पढ्न र बुझ्न सक्ने अक्षर लेख्न निर्देशन दिएको छ ।

धेरै डाक्टरहरूले बिरामीको रेकर्ड फाइलमा लेख्ने अक्षर औषधी पसलमा काम गर्ने फर्मासिस्टहरुले मात्रै बुझ्ने गरेको चर्चा हुने गरेको छ ।

बिज्ञापन

भारतको पन्जाव र हरियाणा उच्च अदालतले जीवन र मृत्युबीच फरक पार्न सक्ने भएकाले सबै डाक्टरले सर्वसाधारणले पढ्न सक्ने अक्षरमा सुझाव (प्रेस्क्रिप्सन) लेख्न निर्देशन जारी गरेका हुन् ।

एकजना महिलाले अदालतमा दायर गरेको याचिकामा एकजना प्रभावशाली पुरुषले सरकारी जागिर लगाइदिने बहानामा पैसा लिएर यौन शोषण समेत गरेको आरोप लगाएकी थिइन् ।

ती महिलाको आरोप अस्वीकार गर्ने पुरुषले सहमतिमा यौन सम्बन्ध राखेको र पैसाको विवादका कारण आफूविरुद्ध बलात्कारको मुद्दा लगाइएको जिकिर गरेपछि अदालतमा यो विषय बहसमा थियो ।

जब अदालतले महिलाको मेडिकल जाँच गर्ने डाक्टरको रिपोर्ट पढे त्यसपछि अक्षरको प्रकरण आयो । न्यायाधीशले डाक्टरको प्रेस्क्रिप्सनको एक अक्षर पनि पढ्न र बुझ्न नसकेपछि सबै डाक्टरका नाममा कडा आदेश जारी गरेको बिबिसीले जनाएको छ ।

न्यायाधीशले लेखेको आदेशमा भनिएको छ- प्रविधि र कम्प्युटर सजिलै उपलब्ध हुने यो समयमा सरकारी डाक्टरहरू अझै हातले प्रेस्क्रिप्सन लेखिरहनु आश्चर्यको कुरा हो, जुन केही केमिस्टबाहेक कसैले पढ्न सक्दैनन्।

भारतको अदालतले मेडिकल पढाइ हुने कलेजका पाठ्यक्रममा हस्तलेखन सम्बन्धी पाठ समावेश गर्न र चिकित्सकले लेख्ने प्रेस्क्रिप्सन क्यापिटल लेटरमा हुनुपर्ने आदेश समेत दिएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka