Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

गाजामा युद्ध रोक्न ट्रम्पको २० बुँदे योजना, प्यालेस्टिनको स्वागत

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १४, २०८२  | बिहान ८:३६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्ध रोक्नका लागि २० बुँदे शान्ति योजना सार्वजनिक गरेका छन्।

ट्रम्पले योजना अस्वीकार गरेमा इजरायललाई हमासमाथि कारबाही गर्ने पूर्ण अधिकार हुने बताएका छन्।

बिज्ञापन

वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमार्फत दुवै नेताले युद्धविराम प्रस्ताव सार्वजनिक गरेका हुन्। ट्रम्पले भने,

“यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ, र त्यसमा अमेरिका साथ दिनेछ।”

नेतान्याहूले पनि योजना कार्यान्वयन गरिने र शान्तिपूर्ण प्रशासन स्थापनाको प्रतिबद्धता जनाए।

“सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि यो योजना पूरा हुनेछ। हमासले मानेन भने इजरायल आफैं अघि बढ्नेछ,” उनले भने।

तर, हमासले आफूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको भन्दै हतियार नछोड्ने स्पष्ट पारेको छ। अर्कोतर्फ, प्यालेस्टिनी सरकारले भने ट्रम्पको योजनाको स्वागत गरेको छ।

ट्रम्पको २० बुँदे योजना के हो?
ट्रम्पले प्रस्तुत गरेको योजनाले गाजामा युद्ध रोक्ने, बन्दीहरूको रिहाइ गर्ने, अस्थायी प्रशासन गठन गर्ने र पुनर्निर्माणको खाका समेटेको छ। योजना कार्यान्वयनका लागि ट्रम्प स्वयंको अध्यक्षतामा एक अन्तर्राष्ट्रिय शान्ति बोर्ड गठन गरिनेछ, जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलगायत विभिन्न देशका प्रतिनिधिहरू रहनेछन्।

मुख्य प्रस्ताव

तत्काल युद्धविराम

इजरायली सेनाको क्रमिक फिर्ती

७२ घण्टाभित्र सबै इजरायली बन्दीको रिहाइ

इजरायलद्वारा १,९५० प्यालेस्टिनी कैदीको रिहाइ

शवको आदान–प्रदान (१ इजरायलीको सट्टा १५ गाजावासी)

गाजाबाट आतंकवादी समूह र हतियार हटाउने

हमासको प्रशासनिक भूमिकामा निषेध

अस्थायी प्रशासनिक समिति गठन

ट्रम्प अध्यक्ष रहेको अन्तर्राष्ट्रिय शान्ति बोर्ड

गाजाको पुनर्निर्माण खर्च बोर्डले व्यहोर्ने

मानवीय सहायता आपूर्ति

विशेष व्यापार क्षेत्रको स्थापना

जनताको स्वतन्त्रता सुनिश्चित

अन्तर्राष्ट्रिय सुरक्षा बलले शान्ति कायम गर्ने

गाजा प्रहरीले अन्तर्राष्ट्रिय तालिम पाउने

इजरायल–मिस्र सीमा कडा सुरक्षा

हवाई आक्रमण र तोपबारी स्थगन

मानव अधिकार निगरानी

इजरायल–प्यालेस्टाइन शान्ति वार्ता सुरु

स्थायी शान्ति र विकासको योजना

पत्रकार सम्मेलनमा ट्रम्प र नेतान्याहूले पत्रकारहरूको प्रश्न नलिने निर्णय गरेका थिए। ट्रम्पले भने,

“सबै कुरा निश्चित र हस्ताक्षर नभएसम्म प्रश्नोत्तर गर्ने समय होइन।”
नेतान्याहूले पनि ट्रम्पको निर्णयमा पूर्ण समर्थन रहेको बताए।

कतारप्रति नेतान्याहूको क्षमा याचना
नेतान्याहूले दोहामा भएको इजरायली आक्रमणबारे कतारलाई माफी मागेका छन्। ट्रम्पको आग्रहमा व्हाइट हाउसबाटै उनले कतारी प्रधानमन्त्रीलाई फोन गरेका थिए।

“हाम्रो लक्ष्य आतंकवादी थिए, कतार होइन। नागरिकको मृत्युमा दुःख व्यक्त गर्छौं,” नेतान्याहूले भने।

सेप्टेम्बर ९ मा दोहामा हमास नेता खलील अल–हय्या लक्षित आक्रमणमा कतारका एक अधिकारीसहित ६ जनाको मृत्यु भएपछि कतारले मध्यस्थता रोकिदिएको थियो।

अन्तर्राष्ट्रिय दबाब र अमेरिका–इजरायलको अडान
गाजा युद्धपछि इजरायलमाथि विश्वव्यापी दबाब बढेको छ। संयुक्त राष्ट्रसंघ महासभामा नेतान्याहूको सम्बोधनका बेला धेरै देशका प्रतिनिधि बाहिरिएका थिए।

तर ट्रम्पले भने अमेरिका इजरायलसँगै उभिने बताएका छन्।

“अमेरिका प्यालेस्टाइनलाई देशको मान्यता दिने छैन,” ट्रम्पले स्पष्ट पारे।

बेलायत, फ्रान्स, क्यानडा, अष्ट्रेलिया जस्ता इजरायलका परम्परागत सहयोगी देशहरूले भने गाजामा हजारौंको मृत्युपछि प्यालेस्टाइनलाई देशको मान्यता दिइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka