Premier Cables

राजनीति

एमाले रतुवामाई ५ को अधिवेशन सम्पन्न, अध्यक्षमा युवा नेता न्यौपाने चयन

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख २७, २०८२  | साँझ ५:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (एमाले) रतुवामाई–५ को वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार गोविन्दपुरस्थित लेटीमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले युवा नेता लेखनाथ न्यौपाने (जिवन) को अध्यक्षतामा १९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।

नवनर्वाचित अध्यक्ष न्यौपाने सोही वडा कमिटीको दुई कार्यकाल सचिव भएर कुशल जिम्मेवारी निर्वाह गरेका थिए । उनी राष्ट्रिय युवा संघ जिल्ला कमिटी मोरङका सदस्य समेत हुन् ।

विज्ञापन

त्यसैगरी कमिटीको उपाध्यक्षमा सम्पतलाल ताजपुरिया, सचिवमा तेज बहादुर लिम्बु, उपसचिव राजेश कुमार शर्मा, मन्दिरा कार्कीसहित १९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

नवनिर्वाचित कमिटीलाई नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा मोरङ २ (क) इन्चार्ज रुप नारायण मिश्रले सथपग्रहण गराएका थिए । अधिवेशनमा जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा विष्ट, शंकर थापा, जिल्ला कमिटी सदस्य पदम प्रसाईँ, रतुवामाई नगर कमिटी उपाध्यक्ष यामनाथ प्रसाईँ, सचिव नारायण ताजपुरिया, नेकपा (एमाले) सुनवर्षी नगर कमिटी सचिव होमनाथ चौहानलगायतको उपस्थिती रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka