Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

पूर्णिया विमानस्थलबाट फारबिसगञ्ज एक्सप्रेस बस सेवा सुरु

Calendar बुधबार, आश्विन ०८, २०८२  | अपराह्न १२:४५ बजे

पूर्णिया। बिहार राज्य पथ परिवहन निगमले पूर्णिया विमानस्थलबाट हवाई यात्रुहरूका लागि एयरपोर्ट एक्सप्रेस बस सेवा सुरु भएको छ। अब यात्रुहरू विमानस्थलबाट सहज रूपमा विभिन्न प्रमुख स्थानहरूमा जान सक्नेछन्। यसबाट नेपालका यात्रुहरुले समेत सेवा लिन सक्ने छन् ।

यो सेवा अन्तर्गत बस पूर्णिया विमानस्थलबाट मधुबनी बजार, आरएन साह चौक, बस स्ट्यान्ड, गिरीजा चौक, फोर्ड कम्पनी, पंचमुखी मन्दिर, फारबिसगञ्ज ट्विस्ट, लाइन बजार, खुश्कीबाग हुँदै गुलाबबाग सम्म चल्नेछ।

बिज्ञापन

यस सेवाबाट यात्रुहरूलाई रेलवे स्टेशन, बस स्ट्यान्ड, बजार क्षेत्र, खुश्कीबाग र गुलाबबाग जान निकै सहज हुनेछ।

बसमा २३ सिट हुनेछन्, जुन आरामदायक हुनेछन्। साथै, बसमा मोबाइल चार्जिङ सुविधा र सिसिटिभी क्यामेरा समेत राखिनेछ, जसले यात्रुहरूको सुरक्षामा थप सहयोग पुर्‍याउनेछ।

बस विमान आगमनभन्दा अगाडि नै विमानस्थलमा यात्रुहरूका लागि तयार हुने छ। यस सेवाको भाडा मात्र ३० रुपैयाँ तोकिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka