Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

लोप भएको १० हजार वर्षपछि पृथ्वी फर्किए ‘डाइर वुल्फ’, कसरी भयो सम्भव ?

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०७, २०८२  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । १० हजार वर्षपछि पहिलो ब्वांसोको एक प्रजाति पृथ्वीबाट लोप हुन पुग्यो । त्यो थियो ‘डाइर वुल्फ’ । तर वैज्ञानिक प्रयोग र परीक्षणले डाइर वुल्फ पुन: पृथ्वी फर्किएका छन्। अर्थात् पुनर्जीवित भएका छन् ।

वैज्ञानिकहरूले संसारका पहिलो पुनर्जीवित जनावरका रुपमा डाइर वुल्फलाई नयाँ जन्म दिएका छन् । तिनको नाम मुलस र रेमस् राखिएको छ । सन् २०२४ अक्टोबर १ मा जन्मिएका दुबै छाउरा कराउन समेत थालेका छन् ।

अर्थात् १० हजार वर्षपछि फेरि लोप भएको एउटा जीवको आवाज पृथ्वीमा गुन्जन थालेको छ ।

डाइर वुल्फ करिब १० हजार वर्षअघि पृथ्वीबाट लोप भएका थिए। अब ती प्रजाति फेरि जीवित भएका छन् ।

आधुनिक विज्ञानको सहायताले। अमेरिकी जैवप्रविधि कम्पनी Colossalले जनाएको छ । कम्पनीले ११,५०० देखि ७२,००० वर्ष पुराना जीवाश्मबाट प्राप्त पुरातन डीएनएको अध्ययन गरी डाइर वुल्फको सम्पूर्ण जिनोम पुनर्निर्माण गर्‍यो।

त्यसपछि CRISPR प्रविधिको प्रयोग गरी ती डीएनएलाई वर्तमान जनावरहरूमा सम्पादन गरी दुई डाइर वुल्फको जन्म सफलतापूर्वक गरियो।

यो उपलब्धि केवल एउटा कम्पनीको सफलता मात्र नभई विज्ञान, संरक्षण र मानवताको लागि पनि ठूलो उपलब्धि मानिएको छ।

कम्पनीका अनुसार उनीहरूको मुख्य उद्देश्य भनेको लोप भएका प्रजातिहरूलाई पुनर्जीवित गरी पृथ्वीको जैविक सन्तुलन पुनःस्थापित गर्नु हो।

वैज्ञानिकहरूले भनेका छन्,”हाम्रो लक्ष्य इतिहासलाई पुनर्लेखन गर्नु थियो-र प्रविधिको सहायताले लोप भएका प्रजातिहरूलाई पुनः पृथ्वीमा फर्काउनु। यो क्षण विज्ञान र मानवताका लागि हो।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka