Premier Cables
Premier Steel

समाचार

तीनकुनेमा आगजनी र तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

मुनाल खत्री Calendar बिहिबार, बैशाख ११, २०८२  | साँझ ५:५९ बजे

काठमाडौं– काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल-३ घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन् ।

तीनकुने स्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न थापालाई प्रहरीले पक्राउ गरेका हो ।

बिज्ञापन

उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक ३ दिन म्याद लिइएको छ ।

गत चैत्र १५ गते दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारी हिंस्रक बन्दा आगजनी र तोडफोड भएको थियो ।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka