Premier Cables
Premier Steel

कोशी प्रदेश

झापाका तीन सहरमा अझै निषेधाज्ञा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, भाद्र ३१, २०८२  | राती ९:४२ बजे

बिर्तामोड। सार्वजनिक शान्ति सुरक्षा तथा कानून व्यवस्था कायम राख्न झापा जिल्लाको तीनवटा नगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यो आदेश भदौ ३१ गते बेलुकादेखि असोज १ गते बिहान ४:०० बजे सम्म लागू हुनेछ। यस अवधिमा तोकिएको क्षेत्रमा पाँच जना वा सोभन्दा बढी व्यक्ति भेला हुने, जुलुस, सभा, प्रदर्शन लगायतका क्रियाकलाप गर्न निषेध गरिएको छ।

जसअनुसार निषेधित क्षेत्र घोषणा गरिएका क्षेत्रहरूमा बिर्तामोड नगरपालिका क्षेत्रभरि, दमक नगरपालिका क्षेत्रभरि, र भद्रपुर नगरपालिकाको केही भाग (पूर्वमा चन्द्रगढी विमानस्थल, पश्चिममा लेलिनाथ चोक, उत्तरमा धुम्बोडीहा, र दक्षिणमा राष्ट्रिय वाणिज्य बैंकसम्म) पर्ने छन्।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुरक्षामा सम्भावित जोखिमका कारण यो निर्णय गरिएको बताएको छ। आदेशको उल्लंघन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारवाही गरिने पनि जानकारी दिइएको छ।

पूर्व–पश्चिम राजमार्ग हुँदै सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनको आवागमनमा भने यो आदेशले रोक लगाउने छैन।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka