Premier Cables
Premier Steel

राष्ट्रिय

सार्वजनिक पदधारीलाई तत्काल सम्पत्ति विवरण बुझाउन आग्रह

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | बिहान १०:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय किताबखाना सम्पत्ति विवरण बुझाउने सम्बन्धमा एक सूचना जारी गरेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार, प्रत्येक सार्वजनिक पदधारी व्यक्तिले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार आ.व. २०८०/८१ को विवरण बुझाउने म्याद २०८१ भदौ १९ मा समाप्त भएको हो।

बिज्ञापन

तर सो म्यादभित्र सम्पत्ति विवरण बुझाउन नसक्ने कर्मचारीहरूको लागि सम्बन्धित निकाय र अधिकृतको सिफारिसका आधारमा थप ३० दिनको अवधि थप गरिएको जानकारी सो सूचनामा उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “सम्पत्ति विवरण बुझाउन नसक्ने कारण स्पष्ट पार्दै निवेदन र कार्यालय प्रमुखको सिफारिससहित सम्पत्ति वरण दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।”

राष्ट्रिय किताबखानाले सार्वजनिक पदधारीहरूले कानुन बमोजिम सम्पत्ति विवरण समयमै बुझाउन आग्रह गर्दै सूचनाको पालना गर्न अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka