Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा १२५ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | अपराह्न २:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १२५ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड भएको पाइएको छ।

तीमध्ये ८३ ओटा सरकारी र ४२ ओटा निजी सम्पत्तिका संरचना रहेका छन्।

बिज्ञापन

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले तयार पारेको प्रारम्भिक विवरणअनुसार आन्दोलनका घटनाहरू कोशी प्रदेशका १४ जिल्लामध्ये आठ जिल्लामा प्रत्यक्ष देखिएका छन्। ती जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुम रहेका छन्।

झापामा सबैभन्दा बढी २२ सरकारी र ९ निजी गरी ३१ ओटा संरचनामा क्षति पुगेको छ। मोरङमा २० सरकारी र ६ निजी गरी २६ ओटा संरचनामा, सुनसरीमा १६ सरकारी र १२ निजी गरी २८ ओटामा आगजनी तथा तोडफोड भएको पाइएको छ। इलाममा ४ सरकारी र ४ निजी गरी ८, ताप्लेजुङमा ३ सरकारी र ४ निजी गरी ७, र सोलुखुम्बुमा १ सरकारी संरचनामा तोडफोड भएको उल्लेख गरिएको छ।

तेह्रथुममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघरमा आगजनी गरिएको छ।

पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, भोजपुर र सङ्खुवासभामा भने आन्दोलन शान्तिपूर्ण रहेको छ। ती जिल्लामा धर्ना र ज्ञापनपत्र बुझाउने कार्य भए पनि आगजनी वा तोडफोडका घटना नभएको इन्सेकको अनुगमनबाट पाइएको छ।

यो विवरण इन्सेक कोशी प्रदेश कार्यालयले आफ्ना प्रतिनिधि र मिडिया मोनिटरिङमार्फत संकलन गरेको प्रारम्भिक प्रतिवेदनमा आधारित छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka