Premier Cables
Premier Steel

विराटनगर

जेनजी आन्दोलनलाई समर्थन गर्दै विराटनगरमा चिकित्सकहरूको धर्ना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न १:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विराटनगरका चिकित्सकहरू सडकमा उत्रिएका छन्।

नोबेल मेडिकल कलेजमा अध्ययनरत विभिन्न समूहका चिकित्सकहरूले कंचनबारी चोकमा भेला भई धर्ना बसेका हुन्। उनीहरूले जेनजी आन्दोलनमा सरकारद्वारा गरिएको दमनको विरोध गर्दै नाराबाजीसमेत गरेका छन्।

बिज्ञापन

शान्तिपूर्ण रूपमा आयोजित यस धर्नामा सहभागी चिकित्सकहरूले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा आवाज उठाएका थिए।

चिकित्सकहरूको यो सहभागिता जेनजी आन्दोलनको दायरालाई अझ फराकिलो बनाएको छ, जसमा हाल विभिन्न पेशागत र सामाजिक समूहहरू सक्रिय रूपमा जोडिन थालेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka