Premier Cables
Premier Steel

कोशी प्रदेश

पूर्व मुख्यमन्त्री कार्कीको अपिल: लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २६, २०८२  | साँझ ४:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । देशभर सुरु भएको जेनजी युवाहरूको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्।

साथै आन्दोलनका क्रममा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले घटनामा प्रयोग भएको बल, आगजनी तथा तोडफोडका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

बिज्ञापन

कार्कीले देश गम्भीर राजनीतिक शून्यतामा फसेको अवस्थामा रहेको उल्लेख गर्दै राष्ट्रपतिको पहलमा राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नु जरुरी रहेको बताएका छन्। उनका अनुसार लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, अन्य कुनै बाटोबाट अघि बढ्नु भनेको अहिलेसम्मका आन्दोलनले दिलाएका उपलब्धिहरू गुमाउनु हो।

त्यसैले उनले विद्यमान संविधानबाटै समाधान खोज्नुपर्ने र राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन सम्भव रहेको उल्लेख गरेका छन्। कार्कीले आज विज्ञप्ति प्रकाशित गरी आन्दोलनको क्रममा भएको जनधनको क्षतिमा स्वतन्त्र न्यायिक आयोग गठन गरेर निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन्।

संविधानमा देखिएका कमजोरीहरू सम्बोधन गर्न आवश्यक संशोधन प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावसमेत राखेका छन्। साथै २०४६ साल यता अवैध कारोबारमा संलग्न र भ्रष्टाचारको आशंका भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन्।

उनले राष्ट्रिय सभालाई बौद्धिक र समावेशी बनाउने आवश्यकता औंल्याएका छन्। दीर्घकालीन समाधानका लागि संघीय संसद, प्रदेशसभा र स्थानीय तहको संरचना पुनःसमायोजन गर्नुपर्ने, निजामती प्रशासन र सुरक्षा निकायमा आमूल सुधार गर्नुपर्ने र संवैधानिक नियुक्तिका लागि खुला, स्पष्ट र कडा मापदण्ड तयार गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्।

नेपाली कांग्रेसका सन्दर्भमा उनले पार्टीलाई सक्रिय भूमिका लिन आग्रह गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाई पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

संगठनलाई नयाँ पुस्ता अनुकूल बनाएर पुनर्निर्माण गर्नुपर्ने र वर्तमान नेतृत्वले आगामी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन्।

पूर्व मुख्यमन्त्री कार्कीले राष्ट्रिय एकता, संवाद र संवैधानिक प्रक्रियामार्फत मुलुकलाई निकास दिन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा र आम नागरिकसँग सहकार्य गर्न अपिल गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka