Premier Cables
Premier Steel

समाचार

बालेन शाहको प्रस्ताव: संसद् विघटन गरी अन्तरिम सरकार गठन गरौँ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २६, २०८२  | बिहान ८:३९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सामाजिक सञ्जालमार्फत राष्ट्रपतिलाई सम्बोधन गर्दै उनले तत्काल संसद् विघटन गरी नयाँ राजनीतिक संरचना निर्माणको आह्वान गरेका हुन्।

शाहले विशेषगरी जेनजीका प्रतिनिधिहरूले अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा खुला समर्थन जनाएका छन्।

“जेनजीहरूले अघि सारेको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न संसद् विघटन र अन्तरिम सरकार गठन अविलम्ब गर्नुहोला,” उनले फेसबुकमा लेखेका छन्।

बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोक सिग्देलसमक्ष कार्कीको नाम प्रस्ताव गरेका थिए। त्यसपछि बालेन शाहले सार्वजनिक रूपमा उक्त प्रस्तावप्रति समर्थन जनाएका हुन्।

जेनजी समूहले संवेदनशील परिस्थितिमा देशको नेतृत्व गर्न सक्ने, कानुन र विधिको संरक्षण गर्न सक्षम र इमानदार छविको व्यक्तिको आवश्यकता रहेको भन्दै कार्कीको नाम अगाडि सारेको जनाएको छ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई नेपालको न्याय प्रणालीमा सुधार ल्याउन उल्लेखनीय योगदान पुर्‍याएको, निष्पक्ष र निर्भीक नेतृका रूपमा चिनिने भएकाले उनी अन्तरिम सरकारको नेतृत्वका लागि उपयुक्त उम्मेदवार हुन सक्ने जेनजीको ठहर छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka