Premier Cables
Premier Steel

समाचार

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७ पुग्यो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न ३:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंमा जारी जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, सिभिल अस्पताल र केएमसी अस्पतालमा एक/एक जना, र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

बिज्ञापन

प्रदर्शनकारीहरू सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका थिए। उनीहरूले प्रहरी घेरा तोड्दै संसद भवनभित्र प्रवेश गरेका थिए र भवनको सुरक्षामा खटिएको प्रहरी पोस्टसमेत कब्जा गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा गोलि प्रहार गर्नुका साथै अश्रुग्याँस र पानीको फोहोरासमेत प्रयोग गरिएको थियो।

स्थिति अत्यधिक तनावपूर्ण भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु लागेपछि सुरक्षा नियन्त्रणका लागि सेनाको टोली पनि सडकमा खटिएको छ।

तर कर्फ्युका बाबजुद पनि प्रदर्शन जारी रहेको छ, र नयाँ बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka