Premier Cables

समाचार

काठमाडौंमा प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु, अर्का गम्भीर

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सामाजिक सञ्जाल बन्दको विरोधमा जारी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

दुवै जनालाई गोली लागेको पुष्टि भएको छ, तर घाइते व्यक्तिको पहिचान खुलाइएको छैन। मृतकको पनि विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

विज्ञापन

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहित थुप्रै व्यक्तिहरूलाई गोली लागेको छ। घटनामा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।

घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालहरूमा उपचारका लागि लगिएको छ।

यसअघि प्रशासनले दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म काठमाडौंमा कर्फ्यू आदेश जारी गरेको थियो। तर कर्फ्यूका बाबजुद प्रदर्शन जारी रहेको छ, र स्थिति अझै तनावपूर्ण छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka