Premier Cables

अपराध

श्रीमानको किर्ते हस्ताक्षर गरी ५० लाख ठगी, दुईजना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २७, २०८३  | अपराह्न ३:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । श्रीमान्को हस्ताक्षर किर्ते गरी ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वन्ती शाही र भद्र थापा रहेका छन्।

प्रहरीका अनुसार, मोहनबहादुर शाही को नाममा रहेको पोखरा महानगरपालिका–३० स्थित कित्ता नम्बर २४४४ र २४४७ को जग्गा धितो राख्न उनका हस्ताक्षर किर्ते गरिएको थियो। उक्त जग्गा सिद्धार्थ बैंक मा राखी ५० लाख रुपैयाँ कर्जा निकालिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कास्की प्रहरीका प्रहरी नायब उपरीक्षक हरि बस्नेत का अनुसार, पक्राउ परेकामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka