Premier Cables

कोशी प्रदेश

बालिका ठक्कर दिने कोशी प्रदेश मन्त्रीका चालकलाई प्रहरीले छोड्यो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | अपराह्न २:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको घटनामा पक्राउ परेका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले रिहा गरेको छ।

शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा चौधरीले चलाएको गाडीले बालिकालाई ठक्कर दिएको थियो। बालिका सामान्य घाइते भइ ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेकी छन्।

विज्ञापन

ललितपुर प्रहरीले चालक चौधरीलाई घटनापछि तत्काल नियन्त्रणमा लिएको थियो। तर, कुनै लिखित उजुरी नआएको, बालिका डिस्चार्ज भइसकेको, र मन्त्री रानाले २५ हजार रुपैयाँ क्षतिपूर्ति दिएको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुरले चालकलाई आइतबार रिहा गरेको जनाएको छ।

मन्त्री राना नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै गर्दा दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार साँघुरो सडकमा गाडीले तीव्र गतिमा ठक्कर दिएर नरोकी अगाडि बढेको थियो। यसले सामाजिक सञ्जालमा आलोचना निम्त्याएको थियो।

विवादपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka