२०८२ बैशाख २६, शुक्रबार
Premier Cables
Hamro Biratnagar Calendar बिहिबार, बैशाख २५, २०८२

सरकारले भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ ।

बिज्ञापन

‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्ट रूपमा निन्दा गर्दै आएको छ । आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

विज्ञप्तिमा भारत र पाकिस्तानबीचको बढ्दो तनावको अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ । साथै, नेपाल सरकारले कुनै पनि छिमेकी राष्ट्रहरूका विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । ‘नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न दिनेछैन,’ विज्ञप्तिमा भनिएको छ ।

‘हामी यस क्षेत्रमा शान्ति चाहन्छौँ । भारत-पाकिस्तानबीचको तनाव कम हुने आशा छ,’ विज्ञप्तिमा भनिएको छ ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement