Premier Cables

खेलकुद

रोकियो बार्सिलोना, अंक बाँड्न बाध्य

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । स्पेनिस ला लिगामा साविक विजेता एफसी बार्सिलोना अंक बाँड्न बाध्य भएको छ। आइतबार राति रायो भालेकानोसँगको खेलमा १–१ को बराबरीसँगै बार्सिलोनाले पहिलो पटक सिजनमा अंक गुमाएको हो।

स्टाडियो डे भालेकाजमा भएको खेलमा बार्सिलोनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। ४०औँ मिनेटमा लामिन यमालले गोल गर्दै पाहुना टोलीलाई अगाडि बढाएका थिए। तर, ६७औँ मिनेटमा फ्रान्ज परेजले घरेलु टोलीका लागि बराबरी गोल गरे।

विज्ञापन

खेलको बाँकी समय दुबै टोलीले गोलको प्रयास गरे पनि सफलता पाएनन्।

यो बराबरीसँगै हेन्सी फ्लिकको टोलीले तीन खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ। उता, रायो भालेकानोले ४ अंक जोड्दै १०औँ स्थानमा छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka