Premier Cables
Premier Steel

समाचार

प्रदेश र स्थानीय तहको निर्वाचन एकैसाथ गर्न रास्वपा र कांग्रेसको जोड, अन्य दल असहमत

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | साँझ ४:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूबीच मतभिन्नता देखिएको छ। निर्वाचन आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलसँग गरेको छलफलमा रास्वपा र नेपाली कांग्रेसले दुवै तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने धारणा राखेका छन् भने अन्य दलले फरक मत अघि सारेका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा हुने खर्च र प्रशासनिक झन्झट कम गर्न स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञापन

तर, नेकपा एमालेले संविधान र कानुनले तोकेको समयसीमाअनुसार दुवै निर्वाचन फरक–फरक समयमा हुनुपर्ने अडान राखेको छ। एमाले नेता देवेन्द्र दाहालले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठमा र प्रदेशसभा सदस्यको कार्यकाल मंसिरमा सकिने भएकाले निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन्।

यता, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको मिति र संवैधानिक व्यवस्थाबारे दलहरूबीच थप छलफल गरेर सहमतिमा पुग्नुपर्ने धारणा राखेका छन्।

श्रम संस्कृति पार्टीले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्ने र विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने निर्वाचन एकैपटक गर्ने विषयमा आयोगको आधिकारिक धारणा माग गरेको छ।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ जेठमा तथा प्रदेशसभा सदस्यको कार्यकाल २०८४ मंसिरमा समाप्त हुँदैछ। दुई तहको कार्यकाल करिब ६ महिनाको फरकमा सकिने भएकाले निर्वाचन एकैपटक गराउने विषयमा कानुनी तथा व्यवस्थापकीय चुनौती देखिएको छ।

निर्वाचन आयोगले भने राजनीतिक दलहरूबीच सहमति जुटेमा आवश्यक तयारी गरेर दुवै निर्वाचन एकैपटक गराउन सकिने जनाएको छ। तर, संविधान र कानुनी व्यवस्थाका जटिलता समाधान गर्नुपर्ने आयोगको भनाइ छ।

यस विषयमा दलहरूले आन्तरिक छलफल तथा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत थप संवाद गरेर निष्कर्षमा पुग्ने बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka