Premier Cables
Premier Steel

अपराध

चुनावको मौका छोपेर ब्राउन सुगर कारोबार, पाँच जना प्रहरी फन्दामा

Calendar शनिबार, माघ १०, २०८२  | साँझ ४:०८ बजे

विराटनगर । झापा र उदयपुरको दुई छुट्टा छुट्टै स्थानमा लागु औषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ ९ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा अर्जुनधारा-६ विहानी टोल स्थितमा बुद्धशान्ती-४का सुमन लिम्बु, विवेक लिम्बु र बुद्धशान्ती-५का केदारनाथ गिरीलाई १ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको ट्राफिक प्रहरी पोष्ट रामपुरबाट खटिएको प्रहरी टोलीले को ३५ प ४९४४ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक बेलका-७का लक्ष्मीपुजन बस्नेत र पछाडि सवार भक्त बहादुर थापाको साथबाट ३ किलो २०० ग्राम लागु औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka