Premier Cables
Premier Steel

राष्ट्रिय

पाथीभरामा सकंलन भयो ३६ क्वीन्टल सिक्का, भक्तजनले पाउने के छ व्यवस्था ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०८, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ताप्लेजुङ । पाथीभरा मन्दिर – पूर्वी नेपालको एक प्रमुख तीर्थस्थल हो। भक्तजनको गहिरो आस्थाको केन्द्रबिन्दु मानिन्छ ।

 

बिज्ञापन

पाथीभरामा हरेक वर्ष ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन । कात्तिक मंसिर र चैत बैसाखमा बढी चाप हुन्छ । यो मन्दिर धार्मिक रुपमा महत्वपूर्ण हिन्दू स्थल हो । मन्दिरमा हरेक वर्ष ठूलो परिमाणमा भेटी चढाइने गरेको छ । मन्दिर व्यवस्थापनका अनुसार पछिल्ला १० महिनामा पाथीभरामा ३६ क्विन्टल सिक्का संकलन गरिएको छ।

 

हरेक दिन नेपाल प्रहरीको रोहबरमा मन्दिरमा चढाइएको भेटी संकलन गर्ने गरिन्छ। ती सिक्का र अन्य सामग्रीहरू फुङ्लिङ बजारमा ल्याइन्छन्, त्यहाँ सिक्काको सफाइ, गणना र व्यवस्थापन हुन्छ ।

 

पाथीभरा मन्दिरमा भक्तजनले नगदसँगै सुन, चाँदी, तामा, र घण्टीलगायत धार्मिक सामग्री चढाउने परम्परा रहेको छ। यो धार्मिक भेटीको औपचारिक व्यवस्थापन भने वि.सं २०४८ सालदेखि सुरु भएको हो। चढाइएको सिक्का प्रसाद स्वरुप विभिन्न बैंकहरुबाट भक्तजनले लिने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

 

श्रद्धा र व्यवस्थापनको यो संयोजनले पाथीभरा मन्दिरलाई अझ व्यवस्थित, पारदर्शी र भक्तजनका लागि समर्पित बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka