Premier Cables
Premier Steel

समाचार

उदयपुरमा टिपरमा एकाएक आगलागी, १९ लाख रुपैयाँ बराबरको क्षति

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, भाद्र ०८, २०८२  | अपराह्न १:१७ बजे

उदयपुर । उदयपुरमा एक टिपरमा एकाएक आगलागी भएको छ । कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गएराति भएको उक्त आगलागीमा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरमा राति ११:४५ बजे वायरिङ सर्ट भई अगाडिको क्याबिन भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

आगलागीबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka