Premier Cables

समाचार

झापाको सुरुङ्गामा ग्यास सिलिण्डर विस्फोट, ८१ वर्षीय महिला गम्भीर घाइते

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | बिहान १०:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुरुङ्गा । झापा जिल्लाको कनकाई नगरपालिका–३, सुरुङ्गा बजार क्याम्पस रोडस्थित एक घर डेरामा आज बिहान ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागी भएको छ। आगलागीबाट घरका सबै सामान जलेर पूर्णरूपमा नष्ट भएको छ भने ८१ वर्षीया बाटुलिमाया दाहाल गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार बिहान करिब ६:३० बजे बाटुलिमाया दाहालको डेरामा ग्यास सिलिण्डर लिक भएर आगलागी भएको हो। आगो लागेपछि उनकाे शरीरको करिब ३० प्रतिशत भाग जलेको छ। अहिले उनको उपचार प्रदेशिक अस्पताल भद्रपुरमा भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

आगलागी नियन्त्रणका लागि शिवसताक्षि नगरपालिका, बिर्तामोड नगरपालिका र सुरुङ्गा नगरपालिकाका दमकलहरू, स्थानीय प्रहरी, पत्रकार र स्थानवासीहरूको सहकार्यमा आगो नियन्त्रणमा लिइएको हो।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको सुरुङ्गा प्रहरी स्रोतले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka