Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजार परिसूचक नेप्से ९.७० अंक घट्यो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०४, २०८२  | साँझ ४:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा ओर्लिएको छ ।

अघिल्ला दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो ।

बिज्ञापन

आज सेन्सेटिभ इण्डेक्स २.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ६३ करोडको सेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको छ।

आज विकास हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजदेखि कारोबारमा आएको यो कम्पनीको सेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, चन्द्रागिरी हिल्सको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka