Premier Cables
Premier Steel

मौसम

कोसी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । देशका विभिन्न भागमा आज वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशभर दिनभर सामान्यतया बदली रहनेछ भने केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषतः मधेस, कोशी र वाग्मती प्रदेशका तराई तथा पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशहरूका पहाडी भागहरूमा समेत केही स्थानमा वर्षा हुन सक्नेछ भने अन्य तराई भूभागमा छिटफुट रूपमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

बिज्ञापन

कोशी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना समेत विभागले जनाएको छ।

रातिको मौसमसम्बन्धी अनुमान अनुसार, कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र पहाडी भागका एक(दुई स्थानमा भने भारी वर्षा हुन सक्नेछ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा केही दक्षिणतर्फ सरेको छ, जसका कारण नेपालमा मनसुन प्रणाली केही कमजोर अवस्थामा छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेकोले वर्षाको सम्भावना कायमै रहेको जानकारी दिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka