विराटनगर। देशका धेरै स्थानमा शुक्रबार हावाहुरी सहित वर्षा भएको छ । राजधानी काठमाडौंमा असिना पानी परेको छ ।
मौसम विभान विभागका अनुसार पश्चिम हुँदै हावाहुरी र पानी पूर्वीक्षेत्र तर्फ सरिरहेको छ । विभागले जनाएअनुसार तराई क्षेत्रमा शनिबारदेखि हावाहुरी र वर्षाको सम्भावना छ । सरकारले सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।
बिज्ञापन
विभागका अनुसार भोलि शनिबार देशका धेरै ठाउँहरूमा हावाहुरी, मेघगर्जनरचट्याङ र असिनासहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । दुई दिन कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने भारी पानी पर्ने सम्भावना रहेको छ ।
देशको पहाडी भूभागका धेरै ठाउँमा हावाहुरी, मेघगर्जनरचट्याङ र असिनासहित ‘मध्यम’ पानी पर्ने सम्भावना छ । एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए ।