Premier Cables
Premier Steel

मौसम

कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | बिहान ९:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ हाल देशभर मनसुनी वायुको प्रभाव छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।

बिज्ञापन

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।

शुक्रबार बिहान कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

डडेलधुराको गाइबन्धेमा पछिल्लो एक घन्टामा २०.६ मिलमिटर वर्षा भएको छ। कन्चनपुरको हनुमाननगरमा १८.८ मिलिमिटर, डडेलधुराको जोगबुढामा १४ मिलिमिटर वर्षा भएको छ।

बैतडी, अछाम, सुर्खेत, सल्यान लगायतका जिल्लाका विभिन्न स्थानमा पनि वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

दिउँसो देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभाग, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भूभाग र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ।

राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka