Premier Cables

कोशी प्रदेश राजनीति

एमाले कोशीको बैठकः विधान सुझाव कार्यदलमा को को ?

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | बिहान १०:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनकुटा । नेकपा एमाले कोशी प्रदेश कमिटीले आसन्न विधान महाधिवेशनका लागि सुझाव सङ्कलन गर्न सचिव राजकुमार भण्डारीको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको छ।

धनकुटाको हिलेमा सम्पन्न प्रदेश कमिटी बैठकले पार्टी विधान संशोधनका सन्दर्भमा मातहतका कमिटीहरूबाट सुझाव संकलन गरी केन्द्रमा पठाउने उद्देश्यले कार्यदल गठन गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

विज्ञापन

अनन्त साँवा (ताप्लेजुङ), प्रेम गिरी (झापा), इन्द्रमणि पराजुली (धनकुटा), खड्ग राई (संखुवासभा), ईश्वरमणि राउत (उदयपुर), सत्यनारायण चौधरी (मोरङ), सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ), सोम पोर्तेल (झापा)।

अध्यक्ष खतिवडाका अनुसार भदौ ३ गतेदेखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठक आह्वान गरिएको छ। एक साताभित्र सञ्चालन हुने ती बैठकहरूमा विधान संशोधनबारे गहन छलफल गरिनेछ र प्राप्त सुझाव प्रदेश कमिटीमार्फत पार्टी केन्द्रमा पठाइनेछ।

बैठकहरूमा साउन ६ गते सम्पन्न केन्द्रिय कमिटी बैठकका निर्णय र त्यसपछि जारी गरिएको अन्तरपार्टी निर्देशन–१२ सँग नबाझिने गरी मात्रै छलफल गरिने एमाले नेताहरूले बताएका छन्।

प्रदेश कमिटीको बैठकमा केही केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासोबारे प्रतिक्रिया दिँदै प्रदेश अध्यक्ष खतिवडाले त्यसलाई स्वीकार गरेका छन्।

उनले भने, “पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नुभयो। तर, केही साथीहरूले पार्टी केन्द्रको निर्णय र अन्तरपार्टी निर्देशन–१२ को बर्खिलापमा छलफल गर्न खोज्नुभयो, जुन एमालेको नियम विपरीत हो।”

उनका अनुसार तल्ला कमिटीहरूको भूमिका पार्टी केन्द्रका निर्णय कार्यान्वयन गर्नु हो, त्यसमा असहमति प्रकट गर्न वा छलफल गर्न मिल्दैन। यही कारणले केही सदस्यहरूलाई बोल्ने अवसर नदिइएको खतिवडाको भनाइ छ।

गौरतलब छ, एमाले अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तरपार्टी निर्देशन–१२ जारी गर्दै केन्द्रका निर्णय र निर्देशनहरू सबै मातहत कमिटीहरूमा कार्यान्वयनका लागि पठाएका थिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka