Premier Cables
Premier Steel

कोशी प्रदेश

एमाले महाधिवेशनः पाँचथरबाट ३२ जनाको उम्मेद्वारी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०८, २०८२  | अपराह्न १२:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

फिदिम । नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाँचथर जिल्लाबाट ३२ जनाको उम्मेद्वारी दर्ता भएको छ। एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा आइबार उम्मेद्वारी दर्ता भएको हो।

जिल्लाबाट खुलामा चार, महिलामा दुई, दलितमा एक र युवामा एक गरेर आठ जना प्रतिनिधि चयन हुने निर्वाचन अधिकृत जयप्रसाद केरुङले जानकारी दिनुभयो।

बिज्ञापन

जसमा खुला चार जनाका लागि १६ जना, दुई जना महिलाका लागि सात जना, एक जना युवाका लागि ६ जना र एक जना दलित प्रतिनिधिका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका हुन्।

पाँचथर जिल्लाको प्रदेश (क) बाट एक हजार ९ सय ७४ र (ख) बाट एक हजार दुई सय ९६ गरी कुल तीन हजार दुई सय ७१ जना पार्र्टी सदस्य छन्।

सबै पार्टी सदस्यले महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्न पाउने व्यवस्था छ। जिल्लाबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेता भने स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ।

मङ्सिर १० गतेसम्म उम्मेदवारबिच सहमतिको प्रयास गर्ने र सहमति नजुटे निर्वाचन गराउने एमालेको तयारी छ। महाधिवेशन प्रतिनधिका लागि १३ गते देशभर एकसाथ मतदान गर्ने एमाले निर्वाचन समितिको तालिका छ। एमाले महाधिवेशन भने मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka