Premier Cables
Premier Steel

समाचार

भव्य सामारोहबिच बाँतर सरदारको सांस्कृतिक र केन्द्रीय भवनको उद्घाटन

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, बैशाख २३, २०८२  | राती ११:५२ बजे

विराटनगर । नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय सभापति मोहनलाल सरदारले बातँर सामुदायको साँस्कृतिक र केन्द्रीय भवनको उद्घाटन गरेका छन् ।

मोरङको कटहरी–५ मोधह्रामा १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित बाँतर जातीको साँस्कृतिक भवन र केन्द्रीय भवनको आज विधिवत रुपमा केन्द्रीय सभापति सरदारले उद्घाटन गरेका हुन् ।

बिज्ञापन

सभापति सरदारले भवनको उद्घाटन गरेसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ । बाँतर जातीको सांस्कृतिक भवनका लागि पूर्व समान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले १ करोड उपलब्ध गराएको सभापति सरदारले बताए ।

त्यस्तै केन्द्रीय भवन निर्माण गर्न संविधान सभाकी सभासदस्य कबिता सरदारको पहलमा १० लाख र प्रतिनिधिसभा सदस्य अमन मोदीको पहलमा सांसद कोषबाट केन्द्रीय भवन निर्माण गर्न २८ लाख रुपैयाँ बजेट उपलब्ध भएको सभापति सरदरले जानकारी दिए ।

सो अवसरमा बोल्दै सभापति सरदारले सवैको साथ र सहयोगले अहिले बाँतर जाती अगाडी बढीरहेको भन्दै खुशी व्यक्त गरे । सभापति सरदारले २०५३ सालदेखिको नियमित प्रयासपछि दुईवटा भवन निर्माण गर्न सफल भएको बताए ।

उक्त सांस्कृतिका भवनमा एउटा सभाहल रहेको छ भने दुईवटा कोठा छन् । त्यस्तै नेपाल बाँतर सरदार समाज कल्याणकारणी केन्द्रीय भवनमा पनि एउटा हल र दुईवटा कोठा रहेको सभापति सरदारले जानकारी दिए ।

कार्यक्रममा नव निर्वाचित मोरङ जिल्ला सभापति अनिल सरदार, युवा सभापति बिनोद सरदारलगायतका कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रीय सल्लाहाकार पन्नालाल सरदार, पृथ्वीलाल सरदार, केन्द्रीय सचिव शुभाष कुमार सरदार, केन्द्रीय पूर्वसचिव जोखन सरदार,मोरङका पूर्वसभापति जयप्रकास सरदार, केन्द्रीय सदस्य कैलास सरदार, सोनेलाल सरदारलगाायतले प्रमाण–पत्र प्रदान गरेका थिए । निर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय सचिव सुभाष कुमार सरदारले सपथग्रहण गराएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka