Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

श्रीमानले श्रीमतीको नाक टोकेर चुडाँली दिए

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, साउन २०, २०८२  | अपराह्न २:३८ बजे

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कन्नौज जिल्लामा श्रीमतीले साथमा घर जान अस्वीकार गरेपछि एक पुरुषले दाँतले टोकेर उनको नाक चुडाँली दिएका छन् ।

पीडित महिला गुड्डी देवी, कन्नौज सदर कोतवाली क्षेत्रको कालिनापुर्वा गाउँकी हुन्। करिब १४ वर्षअघि उनको विवाह काजी टोला क्षेत्रका पप्पु नामका युवकसँग भएको थियो। तर, विवाहपछि पप्पु लागूपदार्थको लतमा फस्दै गएका र गुड्डीसँग निरन्तर झगडा गर्ने गरेका थिए।

बिज्ञापन

झगडाबाट आजित बनेकी गुड्डी अन्ततः आफ्नो मामाघरमा बस्न थालेकी थिइन्। उनी दैनिक काममा जान्थिन् र परिश्रम गरेर जिविका चलाइरहेकी थिइन्। तर सोमबार जब गुड्डी काम सकेर घर फर्किँदै थिइन्, बाटोमा पप्पुले उनलाई रोकेर साथमा जान आग्रह गरे। गुड्डीले स्पष्ट रूपमा अस्वीकार गरेपछि, पप्पु आक्रोशित बने।

रिसको झोंकमा, उनले गुड्डीलाई बाटोबाट खेततर्फ तानेर लगे, झाडीमा घिसार्दै लगे, घाँटी थिचेर कुटपिट गरे र दाँतले नाक टोकेर काटिदिए। भयावह कुरा त के भने, उनले काटिएको नाक पनि आफूसँगै लगे।

गम्भीर घाइते गुड्डीलाई तत्काल जिल्ला अस्पताल पुर्‍याइयो, जहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि कानपुर रेफर गरिएको छ।

पीडित गुड्डीले प्रहरीमा उजुरी दिएकी छन्, जसका आधारमा पप्पुविरुद्ध गम्भीर हिंसात्मक अपराधको मुद्दा दर्ता गरिएको छ। प्रहरीले हाल आरोपीको खोजी जारी राखेको छ।

यो पहिलो पटक होइन, तीन वर्षअघि पनि पप्पुले गुड्डीमाथि चक्कु प्रहार गरेका थिए। त्यस बेला पनि उनी मामाघर जाँदै गर्दा बाटोमै आक्रमणमा परेकी थिइन्। त्यतिबेला पप्पु जेल गएका थिए तर पछि जमानतमा छुटेर अहिले फेरि हिंसा गरेका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka