Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०३, २०८३  | अपराह्न २:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | भारतको पश्चिम बङ्गालको राजधानी कोलकाताको मध्य क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। घटनामा केही घाइते भएका छन्।

मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बिहान करिब २ बजे आगलागी भएको पश्चिम बङ्गाल अग्निशमन विभागका अधिकारीहरूले बताएका छन्। आगलागीपछि उद्धार तथा राहत टोली परिचालन गरिएको छ।

बिज्ञापन

प्रारम्भिक विवरणअनुसार मृत्यु हुनेमध्ये अधिकांश बङ्गलादेशी नागरिक रहेको बताइएको छ। उनीहरू उपचारका लागि कोलकाता आएका थिए। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।

पश्चिम बङ्गालमा दुई दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सोमबार बीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए। उक्त आगलागीको प्रारम्भिक कारण सर्ट सर्किट रहेको बताइएको थियो।

बीरभूमका प्रहरी अधीक्षक विदित राज भुन्देशका अनुसार होटलबाट धुवाँ तथा आगो निस्किएको देखिएपछि प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थल पुगेको थियो। उद्धारका क्रममा २२ जनालाई सिँढीमार्फत सुरक्षित बाहिर निकालिएको थियो भने ११ जनालाई उपचारका लागि अस्पताल पठाइएको थियो।

अधिकारीहरूका अनुसार तारापीठ घटनामा २८ जनालाई होटलबाट जीवितै उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये आठ जनालाई पछि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकमध्ये पाँच जना मेघालय र तीन जना अलीपुरद्वारका रहेको जनाइएको छ।

घटनापछि तारापीठस्थित होटल सञ्चालकविरुद्ध प्राथमिकी दर्ता गरिएको छ। प्रहरीले सञ्चालकलाई नियन्त्रणमा लिएर आगलागीको कारण, होटलको सुरक्षा व्यवस्था तथा सञ्चालनसम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ।

लगातार दुई होटलमा भएको आगलागी र ठूलो मानवीय क्षतिले पश्चिम बङ्गालका होटल तथा आवासीय भवनको अग्नि सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। सम्बन्धित निकायले होटलमा विद्युत् प्रणाली, आपत्कालीन निकास तथा अग्नि नियन्त्रण उपकरणको अवस्थाबारे समेत छानबिन गर्ने तयारी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka