Premier Cables
Premier Steel

राजनीति

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | साँझ ७:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले २५ लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानतमा उनलाई रिहा गर्न अनुमति दिएको हो।

न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासबाट उक्त आदेश जारी गरिएको हो।

बिज्ञापन

त्यस्तै, काठमाडौं जिल्ला अदालतमा दर्ता भएको आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी मुद्दामा पनि उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोड घटनामा संलग्न रहेको अभियोगमा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरिएको थियो। उनीमाथि आपराधिक गतिविधिमा संलग्न भएको आरोप लाग्दै आएको छ।

प्रसाईंसँग अदालतले २५ लाख रुपैयाँ धराैटी माग गरेकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa