Premier Cables
Premier Steel

कोशी प्रदेश

काेसीका मुख्यमन्त्री निर्देशन दिई रहन्छन् : कार्यान्वयन जनताले महसुस गर्दैनन्

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, साउन १८, २०८२  | साँझ ७:४८ बजे

विराटनगर। केही अघिमात्र मन्त्री र सचिवहरुलाई कोसीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निर्देशन दिँदै भने ‘बजेट साउन लाग्नासाथ कार्यान्वयनमा लाग्नु होला । कुनै ढिलासुस्तीको गुन्जायस छैन ।’

मन्त्रीपरिषद्को निर्णय र बजेट कार्यान्वयनका विषयमा मुख्यमन्त्री कार्कीले दिएको निर्देशनबारे सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले संचारकर्मीहरुलाई जानकारी गराएका थिए । निर्देशन दिई रहने तर तिनको कार्यान्वयन भने नहुने कोसी प्रदेशको पुरानै चलन हो ।

बिज्ञापन

प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले पनि यसअघि नै कात्तिकबाटै बजेट पूर्णत कार्यान्वयनमा जाने भन्दै मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिएका थिए । तर, उनको निर्देशन त्यसबेला कार्यान्वयन भएन । बजेट कार्यान्वयन हुने र बढी खर्च हुने महिनाबारे सर्वसाधारण जानकार नै छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा मुख्यमन्त्रीले प्रदेशको शान्ति सुरक्षाको अवस्था र विपद व्यवस्थापनको बारेमा छलफल गरे ।

बैठकमा प्रदेशमा अहिले देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने काम र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको छ। लागू पदार्थ बेचबिखन, ओसारपोसार, रोकथाम साथै सडक सुशासनमा कार्ययोजना बनाएर काम गर्ने निर्णय गरिएकाे छ । सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण लाई प्रभावकारी बनाएर काम गर्न बैठकमा मुख्यमन्त्री कार्कीले ‌अर्को निर्देशन दिए ।

बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशको विभिन्न जिल्लामा हुन लागिरहेको रथयात्रा साथै विराटनगरको रथयात्राको सुरक्षा प्रबन्धका बारेमा पनि चासो राखेका थिए । उनले चाडपर्वहरू नजिकिँदै आइरहेकोले कालोबजारी रोकथाम साथै बजार अनुगमनलाई पनि तीव्रता दिनुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले प्रेषित गरेको समाचारमा जनाइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापालाई उद्धृत गर्दै पठाइएको समाचारमा जनाइएअनुसार बैठकमा विपद, लागू पदार्थको रोकथाम, सडक सुशासन, सीमा क्षेत्रको तस्करी नियन्त्रणका बारेमा महत्वपूर्ण निर्णय भएका छन् ।

सुरक्षा समन्वय समितिको बैठकमा कोसी प्रदेशका सुरक्षा निकायका प्रमुख साथै मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka