Premier Cables
Premier Steel

मौसम

रातिदेखि लगातार वर्षा, केही स्थानमा जोखिम 

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | बिहान ७:४३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशभर मनसुन सक्रिय रहँदा गएरातिदेखि नै विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा मध्यमदेखि भारी वर्षा समेत मापन गरिएको छ।

पछिल्लो तीन घण्टाको तथ्यांक अनुसार कञ्चनपुरको खल्लागोठ र शान्तिपुर बेलौरी वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रमा मध्यम वर्षा भएको छ। विभागका अनुसार अहिले देशभर सामान्य बदलीको अवस्था छ भने दिउँसो अधिकांश पहाडी क्षेत्र र केही तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ।

बिज्ञापन

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ भने सुदूरपश्चिमका केही भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

यसैगरी, उच्च पहाडी र हिमाली भेगमा पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ भने कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ।

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मनसुनको न्यूनचापीय रेखा हाल सरदर अवस्थाबाट केही उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक सक्रिय छ, जसका कारण वर्षा अझै केही दिन जारी रहने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka