Premier Cables
Premier Steel

समाचार

गृह मन्त्रालयले गर्यो प्रहरीका ७ डीआईजीको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, बैशाख २१, २०८२  | राती १०:२३ बजे

सरकारले सात वटै प्रदेशको प्रहरी प्रमुख हेरफेर गरेको छ । सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रमुख रहने सातै प्रदेशको प्रमुखहरुको सरुवा गरेको हो ।

गृहमन्त्री रमेश लेखकले आइतवार मन्त्रीस्तरीय निर्णय गर्दै सात जना डीआईजीको सरुवा गर्नुभएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जसअनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

बिज्ञापन

यसैगरी उमाप्रसाद चतुुर्बेदीलाई मधेश प्रदेश, अरुण पौडेललाई बागमती प्रदेश र दिनेशकुमार आचार्यलाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ । यसैगरी लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट, सुदूरपश्चिममा डम्बरबहादुर बिक र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा भने हाल पठाइएको छैन । बढुवा हुने डीआईजीबाट पठाउनका लागि अहिले सरुवा नगरिएको हो ।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka