Premier Cables
Premier Steel

कोशी प्रदेश

हर्क साम्पाङमाथि उपमेयरको आरोप : श्रमदानको नाममा किर्ते फाइल खडा गरियो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | बिहान ७:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । धरान उपमहानगरपालिकाका उपप्रमुख ऐन्द्र विक्रम बेघाले नगर प्रमुख हर्क साम्पाङमाथि ुश्रमदानुको नाममा उपमहानगरको बजेट गैरकानुनी रूपमा प्रयोग गर्दै किर्ते फाइल तयार पारेको आरोप लगाएका छन्।

उपप्रमुख बेघाले धरान–१६ स्थित बहुभाषिक विद्यालयको ग्याबिन पर्खाल निर्माणमा श्रमदान गर्नेको नाममा नगर प्रमुखले आफैंले फाइल तयार पारेको र त्यसमा विधि र प्रक्रिया विपरीत काम गरिएको दाबी गरे।

बिज्ञापन

उनले भने, “कर्मचारीले मलाई दिएको फाइलमा डोर हाजिरको कैफियतमा केही उल्लेख थिएन, तर पछि नगर प्रमुखले त्यसमा कैफियत थपेर किर्ते रूपमा नयाँ फाइल बनाएका छन्।”
उनका अनुसार डोर हाजिर, खर्च भुक्तानी लगायतका विवरण कानुनी प्रक्रिया अनुसार नभई मनोमानी ढंगले तयार पारिएको छ।

बेघाले नगर प्रमुख साम्पाङमाथि कानुनी रूपमा भ्रष्टाचार गरेको आरोप पनि लगाए। “कानुनले मौखिक सम्झौता होइन, लिखित कागजात हेर्छ,” उनले भने, “डोर हाजिरमा रकम लिएको भनी हस्ताक्षर भएपनि कसैले आफूले लिएको छैन भने पनि त्यो भ्रष्टाचार मानिन्छ।”

उनले थपे, “नगर प्रमुख आफैले फाइल बनाउँछन्, वडाध्यक्षहरूको अधिकारमा हस्तक्षेप गर्छन्, सरकारी कर्मचारीलाई डोर हाजिरमा प्रयोग गर्छन्।”
उनका अनुसार १५ दिनअगाडि सकिएको कामको सम्झौता पछिमात्र गरिएको थियो, जुन स्पष्ट रूपमा नियमविपरीत हो।

उपप्रमुख बेघाले श्रमदानका नाममा १ देखि १३ गतेसम्म डोर हाजिर गरिएको भए पनि कतिपय दिन काम नै नभएको अवस्थामा समेत हस्ताक्षर गरिएको, एउटै व्यक्तिले सबै दिन एउटै हस्ताक्षर गरेको, काम भएको मिति नउल्लेख गरिएको र उपभोक्ता समिति समेत आफैं खडा गरी जेसीभी, दमकलजस्ता संसाधन प्रयोग गरिएको उल्लेख गरे।

नगर प्रमुख साम्पाङले अन्य योजनाहरू — माया धराने साबुन उद्योग, बेसार फ्याक्ट्री, पार्क निर्माण लगायत — मा समेत श्रमदानको नाममा रकम निकासा गराएको दाबी उनले गरे। ूयी योजनाहरूको पनि चाँडै पर्दाफास हुन्छ,ू उपप्रमुख बेघाले चेतावनी दिए।

साथै, उनले आफूमाथि सोमबार नगर प्रमुख समर्थकले खुकुरी लिएर आक्रमण प्रयास गरेको पनि आरोप लगाए। “आक्रमण प्रयास गर्ने पहिचान भइसकेको छ, म प्रहरीमा जाहेरी गरिसकेको छु,” उनले बताए।

समाजिक सञ्जालमा ‘चाबी चोर’ लेखिएको स्टाटसप्रति आक्रोश व्यक्त गर्दै उनले ती स्टाटस निराधार रहेको र लेख्ने व्यक्तिको पहिचान भइसकेको बताए। “नगर प्रमुख स्वयं नै ‘चाबी चोर’ हुन्,” भन्दै कानुनी कारबाही अघि बढाइने जानकारी दिए।

उपप्रमुख बेघाले उपमहानगरपालिकामा कुनै पनि काम कानुन, नियम र विधिबाट बाहिर जान नसक्ने स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa