Premier Cables

मौसम

कोसी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Calendar सोमबार, असार ३०, २०८२  | बिहान ७:५२ बजे

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सामान्य स्थानको आसपास र पश्चिमतर्फ सामान्यभन्दा केही उत्तरतिर सरेकोले कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ।

बिज्ञापन

त्यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

रातिको समय पनि अधिकांश स्थानमा सामान्य बदली रहनेछ भने कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना कायम छ। कोसी र लुम्बिनीका केही भागमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी जानकारी नियमितरूपमा अवलोकन गर्न अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027