Premier Cables
Premier Steel

अर्थ

मौद्रिक नीति : सेयर धितो कर्जाको सीमा बढाइयो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines

काठमाडौ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्ववजनिक गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएका छन्।
उनले व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ बाट २५ करोड रुपैयाँ पुऱ्याएका छन् ।

‘बैंक तथा वित्तीय संस्थाबाट सेयरधितोमा प्रवाह गरिने मार्जिन प्रकृतिको विद्यमान एक ग्राहक कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पुऱ्याइनेछ,’ उनले भने।
गभर्नर पौडेलले यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर सतप्रतिशत कायम गरेका थिए। उनले राष्ट्र बैंकको नेतृत्व सम्हालेको केही दिनमै सेयर बजारप्रति लचिलोनीति लिएका थिए।

बिज्ञापन

राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयरधितो कर्जामा क्याप लगाउन सुरु गरेका थिए। अधिकारीले २०७८/७९ को मौद्रिक नीतिमार्फत एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए।

२०७९/८० मौद्रिक नीति सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरिएको छ ।

२०८०/८१ को पहिलो त्रैमासिक समीक्षा *५० लाख भन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशत कायम । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड कायम। धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ।

२०८१/८२ को मौद्रिक नीति पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज भएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka