Premier Cables
Premier Steel

अर्थ

बिर्तामोड उद्योग वाणिज्य संघको ४४ औं वार्षिकोत्सवमा पूर्वअध्यक्षहरु सम्मानित

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | बिहान १०:४५ बजे
Hamro Biratnagar Headlines

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको ४४ औं वार्षिकोत्सव तथा स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

बिज्ञापन

संघका अध्यक्ष न्यौपानेले पहिलो पटक औपचारिक रूपमा वार्षिकोत्सव मनाइएको उल्लेख गर्दै २०३८ सालमा स्व. मन्तुराम जलानको अध्यक्षतामा स्थापना भएको संघलाई आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याएका पूर्व अध्यक्षप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रमले संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरेको थियो । संस्थापक अध्यक्ष स्व. जलानको सम्मानपत्र उनका छोरा सजनकुमार जलानले ग्रहण गरे।

यसैबीच ‘द भ्वाइस किड्स सिजन ४’ का फस्र्ट रनरअप तथा बेस्ट परफर्मर स्मयन बजगाई र ‘सारेगमप लिटल च्याम्स सिजन २’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँलगायत, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुर्भूज सरीया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

संगीत प्रस्तुतिसहितको कार्यक्रममा सम्मानित कलाकार स्मयन बजगाई र संस्कार सापकोटाले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले संघले पहिलो पटक भव्य रूपमा स्थापना दिवस मनाएकोमा अध्यक्ष न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै, जेनजी आन्दोलनका कारण व्यवसायीको मनोदशा कमजोर बनेको उल्लेख गरे।

उनले अहिलेको युवा पुस्ताले चाहेका उद्योग–व्यवसाय खोल्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए र आर्थिक नीति एकैढंगले निर्धारण गर्न राजनीतिक दलहरूलाई आग्रह गरे।

कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष तथा संघका सदस्य दिनेश श्रेष्ठको संयोजनमा नेवार समुदायका युवायुवतीले धिमे बाजा बजाएर अतिथिहरूलाई स्वागत गरेका थिए। उनीहरुलाई संघको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । उनीहरुलाई प्रदान गरिएको प्रश्ंसापत्र लाखे नाच तथा सांस्कृतिक संयोजक लक्ष्मी श्रेष्ठले ग्रहण गरे।

कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka