Premier Cables
Premier Steel

खेलकुद विराटनगर

एनआईसी एसिया कर्पोरेट फुटसलको उपाधि कोशी लिगल सोलुसनले जित्यो

Calendar आइतबार, मंसिर २१, २०८२  | बिहान १०:२३ बजे

विराटनगर । विराटनगरमा सम्पन्न एनआईसी एसिया कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि कोशी लिगल सोलुसनले जितेको छ ।

विराटनगर राउन्ड टेबल ५ को आयोजनामा भएको प्रतियोगितामा कूल आठ टिम सहभागी थिए । आयोजकका अनुसार फाइनलमा कोशी लिगल सोलुसनले एनआईसी एसियालाई ५-० अन्तरले पराजित गर्यो ।

बिज्ञापन

प्रतियोगितामा हिमगिरी फाइटर, एनआईसी एसिया बैंक, दिल्ली पब्लिक स्कुल, अन्नपूर्ण कलेज अफ ल, हिमाल ल च्याम्बर, कोशी लिगल सोलुसन, जनरल इन्स्योरेन्स र गोबिन्द कन्सलटेन्सी सहभागी थिए ।
प्रतियोगितामा कुल १६ वटा म्याच भएका थिए ।

ग्रुप स्टेजबाट हिमाल ल च्याम्बर, जनरल इन्स्योरेन्स, कोशी लिगल सोलुसन र एनआईसी एसिया छना सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनलमा हिमाल ललाई एनआईसी एसियाले ८-१ अन्तरले पराजित गर्यो । यसैगरी कोशी लिगलले ३ १ अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो ।

आयोजकका अनुसार प्रतियोगिताले खेलको विकास तथा सामाजिक कार्यमा योगदान दिने उद्देश्य राखेको छ ।


*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka