खेलकुद
क्यानको ‘कोर क्याम्प’ मा छानिए २५ खेलाडी, को–को परे ?
नोट: यो समाचार ७ महिना अघिको हो
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज र टी-२० सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाएको छ ।
आउँदो जेठ तेस्रो साता स्कटल्यान्डमा हुने सिरिजका लागि क्यानले ५३ खेलाडीबाट छानेर २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपालले लिग- २ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग ओडीआई र टी-२० सिरिज खेल्नेछ ।
बिज्ञापन
क्यानले ५३ खेलाडीलाई चार टोली बनाएर कोर क्याम्पसँगै अभ्यास खेल खेलाएको थियो । उक्त क्याम्पपछि क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडी छनोट गरेको हो ।
उक्त टोलीमा पछिल्लो समय खराब लयमा रहेका कुशल मल्ल पर्न असफल भएका छन् । उनीसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका विवेक यादव, सन्दीप जोरा, सागर ढकाल जस्ता खेलाडी पनि दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न सकेका छैनन् । युवराज खत्री, शुभ कंशाकार, किरण ठगुन्ना जस्ता युवा खेलाडी भने टोलीमा समेटिएका छन् ।
Bagmati

- जेनजी सहिदलाई सुशासन योद्धाको उपाधि, जिल्ला प्रशासनमा नाम राखिने
- छैटौं कारोबार दिन पनि घट्यो सेयर बजार
- फेरि बढ्यो अन्डाको मूल्य
- रिलायन्स स्पिनिङ मिल्सको आईपिओ खुल्यो
- नख्खु जेलबाट भागेका भारतीय कैदी विराटनगरमा पक्राउ
- इन्डिगोका ४५० उडान आज पनि रद्ध
- दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा जिल्ला प्रशासन मोरङ अगाडि धर्ना
- एनपीएल-२ समूह चरण सकियो, यस्तो छ अंक तालिकाको स्थिति
- गोवा आगलागीमा चार जना नेपालीको मृत्यु भएको पुष्टि
- ‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि विराटनगरमा









