Premier Cables
Premier Steel

स्वास्थ्य

स्वास्थ्य बीमामा रेफरकाे झन्झट हट्याे : बीमा जहाँ गरेपनि देशभरका अस्पतालबाट सेवा लिन सकिने

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | राती ८:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले निजी र सामुदायिक स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा बिन्दु’को सूचीबाट हटाएको छ। बोर्डले २०८२ साल श्रावण १ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो।

स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (४) तथा नियमावली, २०७५ को नियम ९ को उपनियम (६) बमोजिम सेवा प्रवाहको पहिलो सेवा बिन्दुका रूपमा निजी र सामुदायिक अस्पतालहरु नरहने निर्णय गरिएको बोर्डले जनाएको छ।

बिज्ञापन

बोर्डको शाखा अधिकृत झलकराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, सेवा स्थगनको निर्णयअनुसार हालसम्म प्राप्त सहयोगको लागि संस्था तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिएको छ।

बोर्डले यो निर्णय सूचना प्रविधि शाखा, प्रदेश तथा जिल्ला सम्पर्क कार्यालयहरूमा जानकारीका लागि पठाएको छ। स्वास्थ्य बीमा बोर्डले सेवाको गुणस्तर र कार्यक्षमता सुधारका लागि नियमित अनुगमन र मूल्याङ्कन गर्दै आएको जनाएको छ।

बोर्डको सूचना अनुसार, “तपाईंको स्वास्थ्य हाम्रो अठोट” नारासहित सेवा प्रभावकारी बनाउन आगामी दिनमा थप संरचनात्मक सुधारको तयारी भइरहेको छ। अब पहिलाे बिन्दुकाे रुपमा सरकारी अस्पताल र स्वास्थ्य संस्था रहने छन् ।

के हुँदैछ परिवर्तन ?
अबदेखि स्वास्थ्य बीमामा सहभागी नागरिकले आफ्नो स्थायी ठेगानाको अस्पतालमा मात्र नभई बसोबास गरिरहेको स्थानमै ‘प्रथम सेवा विन्दु’ (प्रस्थान विन्दु) तोकेर स्वास्थ्य बीमाको सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि बीमा गरेपछि सेवा लिन अनिवार्य रूपमा बीमा गराइएको ठाउँकै अस्पतालबाट रेफर लिनुपर्ने बाध्यता थियो। तर, अब सो व्यवस्था हटाइएको छ। तर अब यस्ताे सेवा सरकारी अस्पतालमा उपलब्ध हुने छ ।

यसले स्वास्थ्य बीमा प्रणालीलाई सहज र व्यवहारिक बनाउने छ । अब बीमित व्यक्तिले रेफर लिनकै लागि टाढा धाउनु पर्ने झन्झट हट्नेछ । नागरिकबाट पटक–पटक उठ्दै आएको मागलाई सम्बोधन गरिएकाे हाे ।

उदाहरणस्वरूप, कञ्चनपुरमा स्वास्थ्य बीमा गरेका तर काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिलाई बिरामी हुँदा उपचारका लागि काठमाडौंकै अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा रेफर लिन कञ्चनपुरको अस्पताल जानुपर्ने बाध्यता हटाइएको छ। अब जुनसुकै स्थानमा स्वास्थ्य बीमा गरे पनि, देशभर रहेका बीमा सेवा दिने अस्पतालमा सेवा लिन सकिनेछ।

यससँगै बीमा गरेपछि सेवा लिन तीन महिना कुर्नुपर्ने पुरानो व्यवस्था पनि हटाइएको छ। अब बीमा गरेपछि एक महिनाभित्रै सेवा लिन सकिनेछ।

नयाँ व्यवस्थाले स्वास्थ्य बीमाको पहुँच अझ व्यापक बनाउने विश्वास गरिएकाे छ । साथै, अबदेखि सबै पालिका तहमा ‘प्रथम सेवा विन्दु’को व्यवस्था गरिने छ, जुन अघिसम्म सबै क्षेत्रमा थिएन। यसले स्वास्थ्य बीमा सेवा सर्वसुलभ र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka