Premier Cables
Premier Steel

स्वास्थ्य

मिर्गौला रोगीले साढे आठ लाखसम्मको सहुलियत पाउने

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | अपराह्न ३:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अबदेखि मिर्गौला लगायत गम्भीर रोग भएका बिरामीले सरकारबाट आठ लाख पचास हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा सहुलियत पाउने भएका छन्। यसअघि विपन्न कार्यक्रममार्फत सरकारले एक लाख रुपैयाँसम्मको सहायता दिँदै आएको थियो।

अब गम्भीर रोग लागेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत थप एक लाख रुपैयाँ दिने निर्णय भएको हो। उक्त सुविधा क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर रोग भएका बिरामीले पाउनेछन्। यसअघि स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले एक लाख रुपैयाँसम्मको सेवा लिँदै आएका थिए।

बिज्ञापन

स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार यो सुविधा थप गरिएको हो। नियमावलीमा २०७६ साउन १ देखि लागू हुने गरी कडा रोग लागेका बीमितलाई थप एक लाख दिने व्यवस्था गरिएको उल्लेख छ।

तर यसका लागि बिरामी अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको हुनुपर्नेछ। स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार चिकित्सकले रोगको पुष्टि गरेर स्थानीय तहलाई सिफारिस गर्नुपर्नेछ, र त्यसपछि स्थानीय तहमार्फत जिल्ला स्वास्थ्य बीमा कार्यालयमा सिफारिस पेश गरिनेछ।

मल्लका अनुसार नयाँ सहुलियत कार्यान्वयन गर्न केही प्राविधिक तयारी भइरहेकाले बिरामीले सेवा लिन केही हप्ता कुर्नुपर्नेछ।

यसरी गम्भीर रोग लागेका बीमितले हाल उपलब्ध रहेको एक लाखसहित तीन लाख रुपैयाँसम्मको सेवा पाउनेछन्। त्यसमध्ये मिर्गौला प्रत्यारोपण गराउने बिरामीले सबैभन्दा बढी सुविधा पाउनेछन्। सरकारले मिर्गौला प्रत्यारोपणका लागि राष्ट्रिय कार्यक्रममार्फत पाँच लाख पचास हजार रुपैयाँ दिने व्यवस्था गरेको छ।

स्वास्थ्य विज्ञका अनुसार नेपालमा हरेक वर्ष तीन हजारजति नयाँ मिर्गौला बिरामी थपिन्छन्। हाल देशभर करिब ३५ हजार मिर्गौला रोगी रहेको अनुमान छ। प्रत्यारोपण सहज र सुलभ नभएकाले धेरै बिरामीले नियमित डायलासिस गराएर बाँच्नुपर्ने अवस्था छ। सातामा दुईदेखि तीन पटकसम्म डायलासिस गर्नुपर्ने भएकाले अस्पतालमा बिरामीको चाप बढ्दो छ।

प्रत्यारोपणपछि जीवनभर लाग्ने महँगा औषधिको पहुँच सर्वसाधारण नेपालीका लागि कठिन हुने भएकाले पनि धेरै बिरामी डायलासिसमै निर्भर रहन बाध्य छन्। स्वास्थ्य सेवा विभागका अनुसार हाल देशभर आठ हजार बिरामी डायलासिसको भरमा जीवन लम्बाइरहेका छन्।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विपन्न र बीमित कार्यक्रमलाई एकीकृत गर्दै गम्भीर रोग लागेका नागरिकलाई राहत दिने व्यवस्था गरिएको जानकारी दिए। उनले अस्पतालहरूलाई बीमा र विपन्न दुवै कार्यक्रम अन्तर्गत सेवा दिन सकिने स्पष्ट निर्देशन दिइसकिएको पनि बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa