Premier Cables
Premier Steel

अपराध

एम्बुलेन्समा राखेर गाँजा तस्करी, प्रहरीले गोली चलाएर दुई जनालाई समायो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | बिहान ११:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति पनि हवाई फायर गरेको छ।

आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गर्दै एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो। सो क्रममा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा प्रहरीले एक राउण्ड हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार आइतबार राति धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई केराबारी–५ लाफा टोलमा रोक्न खोज्दा चालक र एम्बुलेन्समा सवार व्यक्ति फरार हुन खोजेका थिए। एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भाग्न खोजेपछि प्रहरीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको थियो।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार दुवै जनालाई पक्राउ गरिएको छ। एम्बुलेन्सबाट करिब ४८० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, शनिबार जहदा गाउँपालिका–२ तारिगामाबाट प्रहरीले हवाई फायर गरी करिब ३३० किलो गाँजासहित २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa