Premier Cables
Premier Steel

विराटनगर

कटहरी गापा पूर्वअध्यक्ष विरुद्ध परेको उजुरीको कथा : पीडितको आवाज दबाउने प्रयास ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | राती ८:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मिटरब्याजको नाममा जग्गा हत्याएको भन्दै कटहरी–२ की रामवती राजवंशीले कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी अहिले राजनीतिक दबाब, शक्ति प्रदर्शन र पीडितको न्याय मागबीच घेरिएको छ।

राजवंशीले २०७१ सालमा आर्थिक समस्याका कारण ५ कट्ठा र ३ कट्ठा जग्गा क्रमशः डम्बरकुमारी दाहाल र लिलावती यादवलाई धितो राखेर ८ लाख रुपैयाँ ऋण लिएकी थिइन्। तर, ब्याजसहित रकम फिर्ता गर्न नसक्दा ती जग्गा क्रमशः सन्तोष मण्डल र अन्ततः रामकुमार कामतको नाममा सरे। कामतले ती ऋण तिरेर आफ्नो नाममा दर्ता गराए।

बिज्ञापन

२०७४ को निर्वाचनअघिसम्म राजवंशीले उक्त जग्गा भोगचलन गरिरहेकी थिइन्। निर्वाचनमा कामतले आफूलाई मत दिए जग्गा फिर्ता गर्ने आश्वासन दिएपछि उनले समर्थन गरिन्। तर, कामत विजयी भएपछि उनी आफ्नो अडानबाट पछि हटे। त्यसयता राजवंशी परिवार अर्काको जग्गामा बसेको छ।

रामवतीले २०८१ जेठ ७ गते उजुरी दिएकी थिइन्। छलफलको प्रयास हुँदा कांग्रेसका नेताहरू प्रशासन कार्यालयमा धाक–धम्की दिन थालेको पीडित पक्षको आरोप छ। कांग्रेस कार्यवाहक सभापति भक्ति माझीसहितको टोलीले “मुद्दा विचाराधीन छ, छलफल गर्न मिल्दैन” भन्दै दबाब दिएको दाबी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्, “फौजदारी प्रकृतिको उजुरी भएकाले अदालतमा विचाराधीन रहे पनि छलफल गर्न रोक छैन।”

कामतले भने आफू निर्दोष रहेको दाबी गर्दै बिचौलियाहरूले अनावश्यक रुपमा आफ्नो प्रतिष्ठा ध्वस्त पार्ने प्रयास गरेको बताएका छन्।

तर पीडित रामवतीको पीडा भने स्पष्ट छ। “८ कट्ठा जग्गा धितो राखेर ८ लाख लिएकी थिएँ, अहिले जग्गा गुम्यो, न्यायका लागि गएका ठाउँमा धम्की पाइन्छ,” उनले भनिन्।

संघर्ष समितिका सदस्यहरू अनुसार मिटरब्याजको जालोबाट पीडित हुनेको संख्या बढ्दो छ। “साहुले प्रमाण राख्छ, पीडितसँग प्रमाण हुँदैन,” उनीहरूको टिप्पणी छ।

यस घटनाले एकपटक फेरि देखाएको छ – आर्थिक संकटमा परेको सर्वसाधारण कसरी कानुनी अज्ञानता, शक्तिशालीको पहुँच र राजनीतिक संरक्षणका कारण भूमि गुमाएर पनि न्याय माग्न डराइरहेका छन्। याे घटनामा काँग्रेसका नेताले दबाब दिइ रहेकाे बताइएकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka