






विराटनगर । अर्थ सम्बन्धी प्रस्तावलाई व्यवस्था गर्न बनेको विधेयकमाथि सभामा छलफल शुरु भएको छ । सरकारको आयको स्रोत कसरी र कुन शीर्षकबाट गर्ने तथा अधिकार के के छन् भन्ने विधेयकको मूल विषय यसमा छन् ।
सभामुख अम्बर बहादुर विष्टले कोसी सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि अर्थ विधेयक सभामा राख्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई समय दिएका थिए ।
मुख्य रुपमा चौधबाट विषयहरु छन् । केही विषयहरु थपिएको मन्त्री मगरले बताए । २० दफा र १४ अनुसूची छन् । घरजग्गा रजिस्ट्रेसन, यातायात सेवा त्यसबाट उठ्ने कर र प्रदेशका अधिकार क्षेत्रका समेटिएका छन् । कर व्यवस्थित गर्ने तथा दायरा सम्बन्धी व्यवस्था गर्ने विधेयक हो ।
छलफलमा भाग लिँदै एमाले प्रदेश सभा सदस्य तिलचन्द पाठकले सरकारको आय बढाउन विधेयक सकारात्मक हुने बताए । घरजग्गा, सेवा शुल्क, सवारी साधन कर, ट्राफिक जरिवाना, कृषि, प्रयोगशाला शुल्क, विज्ञापन कर, वातवारण तथा औद्योगिकरण शुल्क, अन्तर निकाय शुल्क आदि शीर्षकमा सरकारले कर लिने गर्छ ।