






विराटनगर । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा लाइसेन्स स्मार्ट कार्ड छपाई गर्न मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।
बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले फागुन २२ गतेबाट भौतिक पूर्वाधार मन्त्री, यातायात मन्त्रीलगायतको विषयगत बैठकले यातायातको सबै अधिकार प्रदेशलाई हस्तान्तरण भएको बताए । अब सफ्टवेयर पनि प्रदेशमै आएको छ र बजेटमा दबाबमा परेको भन्दै स्मार्ट कार्ड छपाई मेसिन खरिदको काम शुरु भएको बताए ।
कोसी सरकार मातहत आठवटा यातायात कार्यालय रहेको तर तिनको भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति गर्न नसकिएको सदन समक्ष जानकारी गराए ।सवारी चालक अनुमतितर्फ विद्युतीय भुक्तानी कोसीमा शुरु भएको सदन समक्ष जानकारी गराए । दस्तुर बुझाउन कार्यालयमै जानुपर्ने बाध्यता हटेको बताए । उनले मन्त्रालयका आठवटा विषयगत क्षेत्राधिकार रहेको सदन समक्ष जानकारी गराए ।
ती क्षेत्रका निम्ति जम्मा ९६ करोड रुपैयाँ बजेट विनियोजन भएको र सबैभन्दा बजेट कम सिलिङ भएको मन्त्रालय भएको मन्त्री भण्डारीले बताए । संघीय पाँचवटा मन्त्रालयको काम गर्ने भन्दै उनले संघसँग पनि वर्षमा १० पटक विषयगत बैठक बस्ने गरेको सुनाए ।