Premier Cables

कोशी प्रदेश

कोसी प्रदेशमा स्मार्ट लाइन्सेस कार्ड छाप्ने मेसिन किन्न प्रक्रिया शुरु

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा लाइसेन्स स्मार्ट कार्ड छपाई गर्न मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले फागुन २२ गतेबाट भौतिक पूर्वाधार मन्त्री, यातायात मन्त्रीलगायतको विषयगत बैठकले यातायातको सबै अधिकार प्रदेशलाई हस्तान्तरण भएको बताए । अब सफ्टवेयर पनि प्रदेशमै आएको छ र बजेटमा दबाबमा परेको भन्दै स्मार्ट कार्ड छपाई मेसिन खरिदको काम शुरु भएको बताए ।

विज्ञापन

कोसी सरकार मातहत आठवटा यातायात कार्यालय रहेको तर तिनको भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति गर्न नसकिएको सदन समक्ष जानकारी गराए ।सवारी चालक अनुमतितर्फ विद्युतीय भुक्तानी कोसीमा शुरु भएको सदन समक्ष जानकारी गराए । दस्तुर बुझाउन कार्यालयमै जानुपर्ने बाध्यता हटेको बताए । उनले मन्त्रालयका आठवटा विषयगत क्षेत्राधिकार रहेको सदन समक्ष जानकारी गराए ।

ती क्षेत्रका निम्ति जम्मा ९६ करोड रुपैयाँ बजेट विनियोजन भएको र सबैभन्दा बजेट कम सिलिङ भएको मन्त्रालय भएको मन्त्री भण्डारीले बताए । संघीय पाँचवटा मन्त्रालयको काम गर्ने भन्दै उनले संघसँग पनि वर्षमा १० पटक विषयगत बैठक बस्ने गरेको सुनाए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka